Saturday, November 19, 2011

धुर्मस र सुन्तलीको असली रुप

टेलिभिजनमा सधैँ झुत्रे लुगा लगाउने धुर्मस र सुन्तली फोटो सेसनको लागि मोडलजस्ता देखिए । उनीहरुका असली रुप हेर्दै क्यामराम्यान मुसुमुसु हाँस्दै थिए ।ठट्यौली गर्दै उनीहरुले चप्पल विज्ञापनका लागि राम्रा–राम्रा फोटो पोज दिए । हाँस्य टेलिचलचित्र मेरी बास्सैबाट सेलिब्रेटी दुनियाँमा छिरेका यी जोडीका प्रहसन सर्वाधिक माग गरिन्छ । विभिन्न पात्रका रुपमा आफूलाई प्रस्तुत गर्दै नेपाली दर्शकमाझ चर्चित हाँस्यजोडीका रुपमा स्थापित भएका यिनिहरु एकछिन पनि फुर्सद हुँदैनन् । पूर्व क्षेत्रका विभिन्न जिल्लामा भइरहेका महोत्सवमा सहभागी हुन आएको यो जोडीको लोकप्रियतासँगै उनीहरुलाई भ्याइन–भ्याइ भएको छ । हरेक महोत्सवमा धुर्मुस र सुन्तलीकै हाँस्यजोडीको माग दर्शकले गरेपछि उनीहरुको व्यस्तता एकाएक बढेको बताइन्छ । उनीहरु भन्छन्, ‘समय र कामलाई कसरी म्यानेज गर्ने समस्या भइरहेको छ । तर पनि अहिलेसम्म मेरी बास्सैको काम र महोत्सवमा सहभागी हुने कामलाई मिलाएकै छौँ ।’

पूर्व क्षेत्रकै सफल पर्यटन व्यवसायी रविन गौतमका अनुसार पछिल्लो समयमा अन्य हाँस्य कलाकार भन्दा धुर्मुस र सुन्तलीको मेरी बास्सै हाँस्य टेलिश्रृंखलामा विभिन्न पात्रहरुको प्रहसनले गर्दा हरेक उमेरका दर्शकहरुले उनीहरुकै माग गरेका छन् । उनीहरु आउने भनेर प्रचार गर्न साथ हजारौको संख्यामा दर्शक आउने गरेका छन् । तसर्थ पूर्वका विभिन्न जिल्लामा आयोजना भएका महोत्सवमा उनीहरुको माग बढेको उनी बताउँछन् । धुमुर्सको केपी ओली, आइते र झुम्रीको क्यारेक्टरले हरेक खालका दर्शकले उनलाई बढी रुचाउन थालेको युवा व्यवसायी तथा उद्योग वाणिज्य संघ इटहरीका कर अधिकृत सुनिल अग्रवाल बताउँछन् ।
















Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.